Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रियो : चन्द्र भण्डारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेताहरूलाई जेल हाले मात्रै देश बन्ने बताएका छन् ।

शनिबार बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले मुलुकको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको बताएका हुन् ।

अपवादबाहेक अधिकांश नेताहरू देश बनाउन नभइ आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ । सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरू समस्यामा परेका उल्लेख गर्दै नेता भण्डारीले जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए ।

भण्डारीले न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरूकै प्रभावमा परेर छोड्न दबाब दिने गरेको टिप्पणी गरे । नेता भण्डारीले चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको धारणा राखे ।

देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरूलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने उनले आग्रह गरे । नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np