Global Force Media

२०८१ श्रावण ८ - Tue Jul, 2024 -

मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेससहितका दलको समर्थन आफु प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

गएराति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्नेबारे छलफल गरिरहेको बताइएको छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np