Global Force Media

२०८१ मंसिर २६ - Wed Dec, 2024 -

पार्टीको केन्द्रीय कमिटी सदस्य बन्न मलाई इच्छा थिएन : प्रेम आले

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै इच्छा नभएको बताएका छन् ।

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उनले आफू पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न इच्छुक नरहेको बताए । उनले भने, ‘मलाई केन्द्रीय कमिटीको सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरिन ।’

यसैगरी उनले कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होइन पदाधिकारी नै दिएपनि आफूलाई स्वीकार्य नभएको उनको भनाई छ । उनले भने, ‘म डोटीले जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रूपमा काम गर्ने हो पदले के चाट्ने हो र ?’

  • एकीकृत समाजवादी पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको उनको आरोप छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफूलाई रुचि नभएको उनको भनाई छ । पार्टी नेतृत्वको कार्यशैलीप्रति आलेले निरन्तर रूपमा विमति राख्दै आएका छन् । घरायसी कामले आफू मुलुकबाहिर रहेको उनले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np