मन्त्रिमण्डलमा दलित- चर्चा चल्यो, तर अटेनन्
काठमाडौं । कांग्रेस एमाले गठबन्धनको नयाँ सरकारमा दलित समुदायको प्रतिनिधित्व हुन सकेन । सोमबार एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एकजना पनि मन्त्री परेनन् ।
जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायलाई सहभागी नगराइएको भन्दै आलोचनासमेत सुरूभ एको छ ।
सरकारमा एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेपनि अन्तिम समयमा आएर उनीहरूको नाम अट्न सकेन ।