Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

भ्रष्टाचारमा हदम्याद राख्न हुँदैन : सांसद झा

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमार झाले भ्रष्टाचारमा हदम्याद राख्न नहुने माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले  भ्रष्टाचार गम्भीर अपराध भएकाले यसमा हदम्याद राख्न नहुने माग गरिन् ।

‘भ्रष्टाचारको मुद्दामा हदम्याद चाहिँदैन । यसको प्रकृति छुटाउनुपर्छ,’ उनले भनिन्, ‘पाँच हजार  भ्रष्टाचार गर्ने र पाँच लाख गर्ने एउटै अपराध हैन ।’

उनले अर्ब र खर्बमा हुने भ्रष्टाचारमा कसरी हदम्याद राख्ने भनी अहिले राज्य व्यवस्था समितिमा रहेको विधेयकमा हदम्याद नराखी पारित गर्नुपर्ने माग गरेकी हुन् । ‘भ्रष्टाचार गम्भीर अपराध हो, यसलाई हदम्याद दिन मिल्दैन,’ उनले भनिन्,‘ भ्रष्टाचारको पनि लत हुन्छ । यो जहिले पनि हुनसक्छ । जति वर्षपछि खुल्न सक्छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np