Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

रवि लामिछानेसँग राति एक बजेसम्म बयान

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार राति १ बजेसम्म बयान लिएको छ ।

समितिको कार्यालय सिंहदरबारमा दिउँसो साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले ५१ वटा प्रश्नको जवाफ दिएका छन् ।

समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका छन । जसमध्ये तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्न स्वीकार गरेपनि लामिछानेले

अधिकांश प्रश्नमा उनी थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भन्ने जस्ता जवाफ दिएका थिए । लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र कम्पनीको आर्थिक विषयमा जानकारी नरहेको समितिलाई बताएका छन् ।

यस अघि समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका संस्थापकमध्येका एक छविलाल जोशीसँग सोधपुछ गरेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np