Global Force Media

२०८१ कार्तिक २२ - Thu Nov, 2024 -

लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा आक्रमण गरेको छ । हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गरी इजरायलले बमबारी गरेको बीबीसीले जनाएको छ ।

यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हिजबुल्लालाई सहयोग गर्ने बैंकसहितका २४ स्थानमा आक्रमण गर्ने चेतावनी जारी गरेको थियो ।

बीबीसीका अनुसार बेरुतको दक्षिणी क्षेत्रमा पर्ने दहिह शहरमा इजरायलले आठ हवाई हमला गरेको छ । यसलाई हिजबुल्लाहको नियन्त्रित क्षेत्र मानिन्छ । यसैगरी लेबनानको सरकारी मिडियाले देशका पूर्वी क्षेत्रमा पनि हमला भएको जानकारी दिएको छ ।

लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । नेतन्याहुले आफ्नो हत्या प्रयास भएको भन्दै हिजबुल्लाविरुद्धको आक्रमण जारी राख्ने बताएका थिए ।

लगत्तै आइतबार इजरायली सेनाले लेबनानका विभिन्न स्थानमा आक्रमण तीव्र पारेको छ । इजरायलको प्रतिकार गर्ने क्रममा हिजबुल्लाहले पनि इजरायली सेनाका क्याम्पलाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np