Global Force Media

२०८३ बैशाख १६ - Wed Apr, 2026 -

हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान

१६ मंसिर, हुम्ला । सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण मतदान जारी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार १२ : ४० बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

१२ वटा मतदानस्थल, र १३ वटा मतदान केन्द्रमा ३ हजार ५९४ मत अर्थात ४०  प्रतिशतभन्दा बढी मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए ।

उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । यहाँ ६ हजार ८१० मतदाता  रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।

सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविका मतदान केन्द्रमा भोट हाल्न मतदाता लाइनमै छन् ।

उपाध्यक्ष पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

उक्त मतदान केन्द्रमा ७३ जना कर्मचारी खटिएका र मतदान केन्द्रमा १७३ जनाभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np