Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

बालेन र सुनिताले पीएल सिंहलाई दिए श्रद्धाञ्जली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार बिहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्व प्रमुख सिंहको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सिंहको आज विहान ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी निवासमा आराम गरिरहेका थिए । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

वि. सं. १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित भएका थिए ।

उनकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

सिंहको पार्थिव शरीरलाई विष्णुमती नदी किनारा लखतीर्थमा अन्तिम संस्कार हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np