Global Force Media

२०८३ जेष्ठ १५ - Fri May, 2026 -

नेपाल र कोरियालीबीचमा व्यापार तथा लगानी प्रवर्द्धन सम्झौता

दक्षिण कोरिया – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा सम्झौता भएको छ ।

गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजित एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

यस अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको सम्झौताले दुई देश बीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

मन्त्री भण्डारीका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीहरू द्वारा नेपालमा सञ्चालन भइरहेका जलविद्युतलगायतका क्षेत्रमा भएका लगानी तथा कार्यहरूको स्मरण गर्दै  सम्झौताले दुई देश बीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पा सँगको सहकार्यमा सगरमाथाको सफल आरोहण गरेको उदाहरण दिँदै कोरिया र नेपाल अर्काको सहयात्री बन्नुपर्ने धारण राखेका थिए ।

नेपाल र गणतन्त्र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक लगानीको वातावरण र अवसरहरूको बारेमा प्रस्तुतीकरण गरेका छन् ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले नेपालको व्यापार सम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधार बारे प्रस्तुतीकरण गरेका थिए ।

कोरिया र नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, सिओल स्थित नेपाली राजदूतावासका साथै नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यावसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित करिब ३० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np