Global Force Media

२०८२ चैत्र २९ - Sun Apr, 2026 -

ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति जनाएका छन् । सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्यायो ? महिलालाई बन्दुक कसले बोकायो ? कमाण्डर कसले बनायो ? नेतृ कसले बनायो ? कसरी लेख्न सकेको ? न्यायालयले के लेख्न खोजेको हो ?’

उनले ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा गरे ।

‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसद्देखि न्यायालयसम्म, ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?,’ उनले भनेका छन्, ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ? रातो स्कुटर कसले किन्दियो ? हैन ? केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईंलाई ताज कसले बनाइदियो ? कुर्सी कसले पहिराइदियो ? तपाईंलाई राज कसले बनाइदियो ? तपाईं बसेको ठाउँ कसले बनायो ?’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np