Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

ओलीको गृह जिल्लामा प्रचण्डले गराए ६ सय बढीलाई माओवादीमा प्रवेश

काठमाडौँ- विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

यसरी विभिन्‍न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खाएका थिए । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np