Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

बाइडनले अमेरिकामा ५४ राज्य भनेपछि…

बाइडनले अमेरिकामा ५४ राज्य भनेपछि…

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यस पटक ७९ वर्षीय राष्ट्रपतिले दावी गरे कि उनले ओबामाकेयरको रक्षा गर्न सन् २०१८ मा ‘५४ राज्यमा’ अभियान चलाएको बताएका छन् ।

उनले शुक्रबार ‘पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी रिसेप्शन’मा सम्बोधनका क्रममा यस्तो भनाइ राखेका थिए । आफ्नो भाषणको क्रममा बाइडनले दाबी गरे कि ट्रम्पले ओबामाकेयरलाई प्रतिस्थापन गर्न अभियान चलाएका थिए तर डेमोक्र्याटहरूले ट्रम्पको अभियानलाई सफल हुन नदिन सन् २०१८ मा कडा अभियान चलाए ।
अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा भने, ‘ निस्सन्देह, तिनीहरू आफ्नो ४९९औं पटक प्रयास गर्दैछन्, वा संख्या जे होस् तिनीहरू अझै पनि सस्तो हेरचाह ऐन हटाउन कटिबद्ध छन् । र, यदि तिनीहरू गरे भने मजाक होइन ।

सम्बोधनका क्रममा उनले अगाडि भने, ‘तसर्थ सन् २०१८ मा यसलाई हामीले हरायौँ । हामी ५४ राज्यमै पुुग्यौँ । ’ उनले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अमेरिकामा ५० राज्य छन् । एजेन्सी

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np