Global Force Media

२०८१ माघ २९ - Tue Feb, 2025 -

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरबारस्थित परिसरमा बस्ने छन् ।

जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुइ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार पहिलो अजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो अजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक बर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमामा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकका सबन्धमा सुचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित बुदाँमा छलफल हुनेछ ।

दिउँसो १२:३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा विश्वबिधालय सबन्धी बिधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेललगायतलाइ आमन्त्रित गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np