Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सार्वजनिक स्थानमा फोहोर फाले १५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ ।

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको छ ।

यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना महानगरपालिकाले स्पष्ट पारेको छ ।

52b1c9e5-1c67-4ede-a54e-3c845dfd1387

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np