Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

वैकल्पिक शक्तिको सिद्धान्त छाडेका छैनौं, बेइमानबाट ठगिएका मात्रै हौं : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू वैकल्पिक शक्ति निर्माणको सिद्धान्त र विचार नछाडेको बताएका छन् ।

आफूले कहिल्यै पूराना दलसँग मिल्ने नबताएको दाबी गर्दै उनले सहकार्य मात्रै गरेको जिकिर गरे ।

बुधबार पार्टीको विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भट्टराईले तयार भएको वैकल्पिक शक्तिबाट केही बांगोटिंगो भएको भएको स्वीकार गर्दै त्यस्तो हुनुमा बेइमानहरूबाट ठगिएको बताए ।

‘समयानुकल राजनीति गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । समय र आवश्यकताको स्वरुप अनुसार संघर्ष गर्नुपर्छ । त्यसमा तपाईंहरू तयार रहनुस्,’ विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति तयार गरेका छौं, यसमा हो बांगोटिंगो भयो । त्यो हुनुको पछाडि बेइमानहरूसँग सोझो भएर ठगिएका मात्रै हौं ।

उनले वैकल्पिक शक्तिको विचार र सिद्धान्त नछाडेको भन्दै पूराना पार्टीसँग कहिल्यै नमिलेको पनि बताए ।

‘हामीले कुनै विचार, सिद्धान्त छाडेको होइन । खाली भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ,’ भट्टराईले भने, ‘…भुइँको टिप्दा यही पनि गुम्छ कि भनेर बेला बखतमा तिनीहरूलाई हामीले साथ दिएको हो । बाबुराम भट्टराईले कहिल्यै पूराना पार्टीसँग मिल्ने कहिल्यै भनेको छैन । खाली सहकार्य मात्रै गरेको हो ।’

मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत उनले बताएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np