Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

माघ २४ गते समाजवादी मोर्चाले काठमाडौँमा वृहत् आमसभा गर्ने

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए ।

‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, उनले भने ।

यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए ।

तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।

पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउनेबारे छलफल भएको उनले जिकिर गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np