Global Force Media

२०८३ असार ३१ - Wed Jul, 2026 -

सरकारमात्रै होईन, यो व्यवस्था नै ढल्छः सीपी गजुरेल

काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण वर्तमान सरकार नढल्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डको गणितीय शुत्रबाट वर्तमान सरकार नढलेपनि आफूहरुले भने व्यवस्था नै ढल्ने देखिरहेको बताए ।

‘प्रचण्डको गणितीय शुत्रबाट त अहिलेसम्म सरकार ढाल्ने जस्तो देखिँदैन । हामी चाहीँ के देख्छौं भने अन्य कारणले गर्दा सरकारमात्रै होईन यो व्यवस्था नै ढल्छ भन्ने हो हाम्रो मान्यता । हामीले भनेको काम चाहीँ संसद्को गणितले गर्नेवाला छैन,’– उनले भने ।

उनले आफ्नै जीवनकालमा २/३ वटा व्यवस्था ढलिसकेको बताउँदै जनताको सडक आन्दोलनले यो व्यवस्था पनि ढल्ने बताए । ‘हामीले व्यवस्था नै ढाल्दै आएको हो । मेरो जीवन कालमा दुई/तीन वटा व्यवस्था ढलिसके । म यसमा ढुक्क छु,’– उनले भने

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np