Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

एक वर्षमा २२७ सरकारी कर्मचारी बने सम्पर्क अधिकृत, को–को छन् ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सन् २०२४ मा खटिएका सम्पर्क अधिकृतहरूको सूची सार्वजनिक गरेको छ ।

काठमाडौं । सरकारले लामो समयदेखि सरकारी कर्मचारीलाई सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीको सम्पर्क अधिकृत (लिएजोन अफिसर) का रूपमा खटाउने गरेको छ ।

यसरी खटिएका सम्पर्क अधिकृतले हिमाल आरोहण टोलीको सरकारी कामकाजदेखि तिनले हिमालमा गर्ने गतिविधि, सफल आरोहण गरे वा नगरेको रेकर्ड राख्ने लगायत काम गर्ने गर्छन् । यो कामबाट राम्रो आम्दानी हुने गरेको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सन् २०२४ मा खटिएका सम्पर्क अधिकृतहरूको सूची सार्वजनिक गरेको छ ।

उक्त सूची अनुसार २०२४ मा विभिन्न सरकारी निकाय तथा कार्यालयमा कार्यरत कुल २ सय २७ जना कर्मचारी सम्पर्क अधिकृत भएर विभिन्न हिमाल गएका छन् ।

जसमा आधाभन्दा बढी पर्यटन मन्त्रालय र यस अन्तर्गतका कार्यालयमा काम गर्ने कर्मचारी छन् । यो भनेको १ सय २० जना हो ।

बाँकी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, महान्यायाधिवक्ता कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहरी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कानुन मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय लगायतका कर्मचारी छन् ।

हेर्नुहोस् कर्मचारी विवरण :

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np