Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

निकासी पैठारी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता

काठमाडौँ । सरकारले निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको छ ।  सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइतबार संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दर्ता गराएका हुन् ।

विधेयक दर्ता गराउँदै मन्त्री भण्डारीले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधेयक संसदमा ल्याएको उल्लेख गरेका छन् ।

‘विधेयक पारित भईसके पश्चात समयानुकूल नयाँ अवधारणासहित निकासी पैठारी कार्यमा एकरुपता कायम हुने, बोर्ड तथा इकाईको अधिकार स्पष्ट बाँडफाँट हुने, निकासी पैठारी सम्बन्धी प्रक्रिया थप व्यवस्थित र प्रभावकारी हुने र समग्र राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सघाउ पुग्ने देखिन्छ‚’ विधेयकको सैद्धान्तिक अवधारणमा लेखिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np