Global Force Media

२०८३ श्रावण ४ - Mon Jul, 2026 -

माओवादी केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवमा पुन र प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ । सोमबार बसेको पदाधिकारी बैठकले कोषाध्यक्ष समेत रहेका यसअघिका  मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको एक पदाधिकारीले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यले पाएका छन् । आचार्यले प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाएका हुन् ।

यसअघि स्वकीय सचिव रहेका रमेश मल्लले उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np