Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणका लागि नेतृत्व टिमले आफूलाई बदल्नुपर्ने बताएका छन् ।

सोमबार झापाको कचनकवलमा तराई–मधेस जागरण अभियानलाई सम्बोधन गर्दै उनले देशलाई बदल्न पहिला नेतृत्व टिम रूपान्तरण हुनुपर्ने बताएका हुन् । ‘माओवादी नेतृत्व टिमले आफूले आफैलाई बदल्नु छ । रूपान्तरण हुन नसके हामीले जनताको आवाज पुरा गर्न सक्दैनौ । आज संविधानले दिएको मौलिक हक स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता सेवा जनताले पाउन सकेका छैनन् । त्यसलाई पुरा गर्न नेतृत्व टिम बदलिनुपर्छ । फेरि त्यागको भावना देखाउनुपर्छ । लोभ मोहमा फस्ने हो भने सक्दैन’, उनले भने, शान्ति प्रक्रियामा आएको १८ वर्षमा हामी अलमलियौँ । वैचारिक अस्पष्टता भयो । कहिले विद्रोह भन्यौँ । कहिले चुनाव भन्यौँ । माओवादीलाई एकताबद्ध गरी कुनै आग्रह वा पूर्वाग्रह नराखी सबैलाई समानुपातिक समावेशी पार्टी निर्माण गरी सक्षम, बलियो पार्टी निर्माण  र नेतृत्व आजको आवश्यकता हो । यो सर्त पुरा नभई अब पार्टी अगाडि जान सक्दैन ।’

समाजवादको आधार तयार गर्न जनताले चाहेको चुनेको पार्टी निर्माण गर्नुपर्ने दिशामा लैजान महाधिवेशनसम्म पुग्नुपर्छ भन्ने दिशामा पुगेको शर्माले स्पष्ट पारे । त्यागको शिक्षा लिन हामी जनतामा आएको स्पष्ट पार्दै उनले  लोकतन्त्रलाई पार्टीभित्र स्थापित गर्दै आम जनताको लोकतन्त्रलाई नेतृत्व गर्ने क्षमतासहित पार्टी निर्माणमा उनले जोड दिए । साथै केपी ीओली सरकारको गतिहीनता, भ्रष्टाचारी रवैया र नोकरशाहीतन्त्रको रवैयालाई भण्डाफोर गर्दै अगाडि बढ्नुपर्ने शर्माले बताए ।

‘चाहे अध्यादेश वा संविधान संशोधनको नाममा होस् वा दलाल नोकरशाहीको सेवामा भएका काम होस् त्यसको भण्डाफोर गर्न हामी जनतामा आएका हौँ’, उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np