Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।

खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठुलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।

नेपाली टोलीले समग्रमा १३औं पटक कुनैपनि प्रतियोगिताको फाइनल खेल्दै छ । हालसम्म खेलेका १२ फाइनलमा नेपाल जित निकाल्न असफल हुँदै आइरहेको छ ।

सधैं फाइनल पुगेर पराजित भएपछि नेपाली महिला टोलीलाई फाइनलमा हार्ने टोलीको ट्याग नै लागेको छ । त्यो ट्यागलाई हटाउने अवसर नेपालसामु आएको छ तर त्यसका लागि नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई पहिलो पटक हराउनुपर्ने हुन्छ ।

नेपाल र म्यानमारबीच हालसम्म भएका ५ खेलमा नेपाल जितविहीन छ । ३ खेल म्यानमारले जित्दा २ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np