Global Force Media

२०८२ असार ३ - Tue Jun, 2025 -

राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं भन्ने विषय महत्वपूर्ण रहेको बताउदै कोइरालाले राजाको बारेमा कुरा गरेर नहुने बताए ।

उनले भने-  ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ बर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने भनेको अट्याक गर्ने भन्दा पनि हामीले राम्रो काम गरेर चेक गर्नुपर्छ ।’

नेता कोइरालाले मन्त्री र प्रधानमन्त्रीले दिएका अभिव्यक्ति बारे असन्तुष्टि व्यक्त गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np