Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

७० वर्ष नाघिसकें, देशको जिम्मा लिने बेला आएकाले दौडाहामा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहामा लागिरहेको बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको बताए ।

‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो काँधमा आएको छ । देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छ । संविधान निर्माणको प्रमुख हिस्सेदार तथा शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देशको जिम्मा लिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘त्यसैले ७० वर्ष नाघे पनि म देशदौडाहामा छु । पूर्वमेचीदेखि महाकालीसम्म पुगिरहेको छु, उकाली आरोली गरिरहेको छु ।’

उनले माओवादी अब कांग्रेस र एमालेको बैशाखी नबन्ने भन्दै आफ्नै जनताप्रति विश्वास गर्ने र आफ्नै भरमा निर्वाचनबाट सरकारको नेतृत्व गर्ने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np