सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि रास्वपा सांसदको प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् । उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको समेत आरोप लगाए । उनले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गार्न चेतावनी दिए ।
उनले चलचित्रकर्मीहरुको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यवद्धता पनि जनाए ।



