Global Force Media

२०८३ बैशाख ५ - Sat Apr, 2026 -

पीएम कपमा आज तीन खेल हुँदै

काठमाडौँ- जारी पीएम कपमा आज तीन खेल हुँदै छन्

आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने मधेश प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ

त्यस्तै आज अर्को खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा सुदूरपश्चिमले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने नेपाल पुलिस क्लब चार खेलमा अपराजित रहदै शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफ क्लबले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने आर्मी क्लब आफ्ना चार खेलमा अपराजित रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np