Global Force Media

२०८२ फाल्गुन २७ - Wed Mar, 2026 -

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति यादवलाई प्रचण्डको फोन, भने– ‘हिस्ट्री बन्यो, बधाई छ’

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् । महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले फोन गरेर बधाई दिएका हुन् ।

प्रचण्डसँगको टेलिफोन सम्वादमा रोहितले प्रचण्ड मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए । ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो,’ प्रचण्डले भनेका छन्, ‘देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौं ।’

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव अखिल क्रान्तिकारीले महेन्द्र मोरङसँगै मोरङ जिल्लामा नयाँ इतिहास रचेको बताउँछन् । उनी क्रान्तिकारीबाट मोरङमा खटिएका चुनावी कमाण्डर हुन् । १३ वर्षयता उनी महेन्द्र मोरङ केन्द्रित राजनीतिमा छन् ।

२०७९ सालको स्ववियु निर्वाचनमा महेन्द्र मोरङमा उनी सभापति हुन चाहेका थिए । तर उमेरहदका कारण पाएनन् । यो पटक आफ्नो संगठनका उम्मेदवार विजयी बनाउन सफल भएको बताउँदै उनले भने, ‘जिल्लामा पनि इतिहास बन्यो, देशभर राम्रो सन्देश गएको छ ।’

त्रिभुवन विश्वविद्यालयको तीन आंगिक क्याम्पससहित मोरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा तीनवटै आंगिक क्याम्पससहित ५ वटा क्याम्पसको स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ३ र अनेरास्ववियुले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np