Global Force Media

२०८२ चैत्र २९ - Sun Apr, 2026 -

सांसद चन्दको प्रश्न: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुन नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? भन्दै प्रश्न गरेकी हुन् । उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानुनी रूप नलिएको भन्दै सरकारसँग जवाफ माग गरे ।

उनले भनिन्, ‘सम्माननीय अध्यक्ष महोदय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? सरकारले जानकारी दिनुपर्‍यो । राष्ट्रिय सभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानुनमा किन गइरहेको छैन ? सरकारको जवाफ माग्दछु ।’

उनले बैतडीको पाटनस्थित विमानस्थल सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np