Global Force Media

२०८२ बैशाख १० - Wed Apr, 2025 -

ओली, देउवा र प्रचण्डको भेटपछि बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका एक मन्त्रीले दिएको जानकारी अनुसार, सोमबार साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरमा भेटवार्ता हुँदैछ ।

उनीहरूबीच दिउँसो ४ बजे सिंहदरबारमा भेटवार्ता तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए । खरेलका अनुसार शीर्ष नेताहरूबीच सोमबार संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np