Global Force Media

२०८३ जेष्ठ १५ - Fri May, 2026 -

विपक्षी दललाई प्रधानमन्त्रीको जवाफ हामी न मात्तिछौँ न आत्तिन्छौँ धैर्यपूवर्क अगाडि बढ्छौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाति पिटिपिटी भएको टिप्पणी गर्दै उनले यसबारे जवाफ दिन आवश्यक नभएको बताए ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेका पनि टिप्पणी गरे ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np