Global Force Media

२०८३ बैशाख ५ - Sat Apr, 2026 -

कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।

“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।

प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन ।

“४० मिनेट भइसक्यो प्रहरीलाइ खबर गरिएको तर अझै आइपुगेको छैन,” भाटभटेनीका सीओओ  पानु पौडेलले भने । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np