Global Force Media

२०८३ बैशाख ६ - Sun Apr, 2026 -

राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् ।

बुटवलमा नेकपा एमालेले शुक्रबार गरेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे ।

‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,’ उनले भने, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’

प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दावी गरे ।

पौडेल नयाँ दलहरूसंग पनि असन्तुष्ट सुनिए । नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दावी पनि गरे ।

नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालले पार्टी नेतृत्वलाई बदनाम गर्ने प्रयास भइरहेको चर्चा गर्दै त्यस्ता प्रयास असफल बनाउन पार्टीको सिंगो पंक्तिले प्रधानमन्त्रीलाई साथ दिनुपर्ने धारणा राखिन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np