Global Force Media

२०८३ बैशाख ४ - Fri Apr, 2026 -

शिक्षकका माग सम्बोधन गर्न गगन थापाले दिए २ विकल्प

काठमाडौं । आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईवटा विकल्प प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै महामन्त्री थापाले कानून नबनाएरै माग पूरा गर्न सकिने बताएका छन् ।

नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनु पर्ने विकल्प उनले दिएका छन् । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

‘मन्त्रिपरिषद्ले निर्णय गरेर केही माग सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल गरौं ‘, उनले भनेका छन् ।

शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् । यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन् ।

नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको बताउँदै थापाले तत्काल सरकारले यसको टुंगो लगाउनु पर्ने माग गरेका छन् । ‘चाँडोभन्दा चाँडो उहाँहरुलाई कक्षा कोठामा फिर्ता गराउनुपर्छ’, उनले भने, ‘यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ । खास गरी प्रधानमन्त्री र सरकारमा बसेका साथीहरुलाई अझ बढी जिम्मेवारी बोध गर्नुपर्छ ।’

उनले शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझ्दिन आग्रह गरेका छन् ।

शिक्षकहरूले केही दिनदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np