Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

हनुमानको जन्मजयन्तीको र्‍यालीमा तनाव भएपछि वीरगंजनमा कर्फयु लगाइयो

वीरगञ्ज – हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको -यालीको बिषयलाई लिएर वीरगञ्जको छपपैयामा आज शनिबार साझ झडप भएपछि स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको छ । आज शनिबार ६ः३० बजेदेखि भोली दिउसो १२ बजेसम्मका लागि कर्फयु आदेश जारी भएको हो ।

पूर्वः भेडियाही चौक, पश्चिम सिर्सिया पुल उत्तर गण्डक चौक दक्षिण शंकराचार्य गेटसम्म कर्फयु आदेश जारी भएको हो । उक्त सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।

जातिय झडपमा एक पसल, दुई मोटरसाईकलमा तोडफोड भई ढुङगामुडा भईरहेको र थप क्षति हुन नदिन जिल्ला प्रसासन कार्यालयले कफुर्य आदेश जारी गरेको हो ।हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको ¥याली इदगाह चौक छप्पैयामा पुग्नेबित्तिकै झडपका अबस्था भएको थियो ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको -याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको र झडपको अबस्था आएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ । झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ । पर्साका पछिल्लो सुरक्षा अबस्थालाई लिएर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मैदानमा आफै खटिएका छन भने सुरक्षा अबस्था मजबुत बनाईएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np