Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् ।

समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको बताए ।

‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’

उनले मुस्लिम समुदायबाट पनि धेरै नेताहरूको प्रतिनिधित्व आफ्नो पार्टीमा रहेको भन्दै उक्त विषय खुसीको कुरा रहेको बताए ।

‘अहिलेको संविधानले अत्यन्तै ठूलो महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीले पनि हाम्रो पार्टीभित्र सबैलाई समावेशी समानुपातिक किसिमको विधान छ । मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ,’ देउवाले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np