Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

नयाँ सरकार बन्‍ने दिशातर्फ देश अघि बढ्योः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन् ।आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने बताएका हुन् । उनले अहिलेको नयाँ अनुभवका आधारमा आफुले ठूलो दल काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।

प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थीतिले देखिएको जिकिर गरे । उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने उल्लेख गरे ।

त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले  राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np