Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

दुई दलीय संयन्त्रको बैठक बस्दै

बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दैछ।

साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो ।

संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।

सरकारले वैशाख १२ गते सुरू हुनेगरी संघीय संसदको बर्खे अधिवेशन बोलाएको छ। सोही अधिवेशनमा विद्यालय शिक्षा विधेयक टुंगो लगाइने भएकाले शिक्षकहरुलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्कन सरकारले आह्वान गरेको थियो।

यद्यपि शिक्षकहरुले आन्दोलन स्थगित नगर्ने बताएका छन्।

यी समग्र परिस्थितिको समाधानका लागि संयन्त्रले छलफल गरी सरकारलाई सुझाव दिनेछ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np