Global Force Media

२०८३ असार ३१ - Wed Jul, 2026 -

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाए अवकाश

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पुरा गरी शुक्रबार अवकाश भएका छन् ।

६ वैशाख, २०७६ मा नियुक्त भएका उनलाई निर्वाचन आयोगका अरु पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् ।

नेपालको संविधानमा निर्वाचन आयोगका प्रमुख र अरु आयुक्तहरुको ६ वर्षे पदावधि तोकिएको छ ।

प्रमुख आयुक्त थपलियाले आफ्नो नेतृत्वको कार्यकालमा २०७९ सालको स्थानीय तह निर्वाचन र २०८० सालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराएका थिए । निवाचन आयोगमा नियुक्त हुनुअघि थपलिया नेपाल सरकारका सचिव थिए ।

निर्वाचन आयोगमा आयोजित विदाई समारोहमा प्रमुख आयुक्त थपलियाले भने, ‘नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा हो ।’ त्यसबाहेक राष्ट्रियसभा, राष्ट्रपति, उपराष्ट्रपति एवं विभिन्न उपनिर्वाचन गरी आफ्नो कार्यकालमा १४ वटा निर्वाचन भएको थपलियाले बताए ।

थपलियाको अवकाशसँगै बरिष्ठताक्रममा रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कामू प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नेछन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np