Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल

तीन प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीचको छलफल सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल गर्ने भनेर बैठकमा जुटेका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको  बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नी खरेल पनि सहभागी  थिए।

बैठकपछि निर्णय सुनाउँदै प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नी खरेलले तीन नेताहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए।

बैठकमा विद्यमान राजनीतिक व्यवस्था, समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको उनले बताए।

मुलुकको शान्ति र अमनचयनमा खलल पुग्नेगरी भएका गतिविधिबारे पनि सामान्य छलफल भएको थियो।

‘त्यस्ता गतिविधि गर्नेहरूलाई सचेत गराउँदै गणतन्त्र पक्षधर दल र शक्ति एक ठाउँ उभिनुपर्नेमा तीनै नेताहरूको एक मत छ,’ खरेलले भने।

बैठकमा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा सरकारले अहिलेसम्म गरेका कामहरूबारे प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेलले जानकारी गराएका थिए।

उनले संक्रमणकालीन न्यायासँग सम्बन्धित दुई आयोगहरू सत्य निरूपण तथा मेलमिला र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस समितिले काम गरिरहेको जानकारी गराएका थिए।

अघिल्लो पटक गठन भएको समितिले पदाधिकारी र सदस्य सिफारिस गर्न नसकेपछि सरकारले चैत ११ गते पुन सोही समितिलाई नै निरन्तरता दिएर दुई महिना भित्र पदाधिकारी सिफारिस गर्न भनेको थियो।

‘समितिले आफ्नो ढंगले काम गरिरहेको छ। दुई महिनाको अवधि दिइएको छ। काम सन्तोषजनक छ,’ बैठकपछि खरेलले पत्रकारहरूसँग भने।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np