Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’, लम्सालले नेपाल प्रेससँग भने ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।

भट्टराईले मन्त्रीबाट राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np