Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् ।

लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।सम्बोधनको क्रममा उमप्रमुख डंगोलले आफूलाई एमाले मन पर्नुको कारण खुलाएकी थिइन् ।

 

‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘त्यसकारण मलाई एमाले मन पर्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन् । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’

उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन । ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन,’ डंगोलले भनेकी छिन्, ‘स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’

उनले अहिले आफ्नो पार्टीको नेतृत्व र आफूलाई समेत चारैतिबाट आक्रमण भइरहेको बताइन् ।

‘अहिले हामीलाई चारैतिरबाट आक्रमण भएको महसुस गर्न सक्छौं । जतिसुकै आक्रमण भए पनि हामी विचलित हुने छैनौं । राष्ट्र निर्माणमा एकजुट भएर लाग्नेछौं,’ डंगोलले भनिन् ।

आफू सधैं आफ्नो पदप्रति बफादार भएर काम गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np