Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

युक्रेनलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रस्तावः तत्काल र सिधा वार्ता गर्न चाहन्छु

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा र तत्काल वार्ता गर्न चाहेको बताएका छन्। उनले मे १५ देखि नै वार्ता सुरु गर्ने इच्छा व्यक्त गरेका हुन्।

शनिबार अबेर रात टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, ‘हामी यो वार्ता गम्भीर होस् भन्ने चाहन्छौं ताकि युद्धको मूल कारणसम्म पुग्न सकियोस् र बलियो तथा स्थायी शान्तिको स्थापना गर्न सकियोस्।’

बेलायतका प्रधानमन्त्री किआर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों शनिबार युक्रेनको भ्रमणमा रहेको बेला पुटिनको नयाँ प्रस्ताव आएको हो ।

बीबीसीका अनुसार भ्रमणका क्रममा दुवै नेताले रूससँग ३० दिनको बिनाशर्त युद्धविरामको माग गरेका थिए।

रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोले यो प्रस्तावको अध्ययन गर्नेछ ।’ यद्यपि उनले ‘दबाब दिने प्रयास व्यर्थ हुनेछ’ भनेर चेतावनी समेत दिएका छन् ।

पुटिनले युक्रेनसँगको वार्ता टर्कीको इस्तानबुल सहरमा आयोजना गर्ने प्रस्ताव गरेका छन् । उनले यो वार्ताले नयाँ युद्धविराम वा सम्झौता ल्याउने सम्भावनालाई अस्वीकार गरेका छैनन्।

उनले आइतबार टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोगानसँग यस विषयमा विस्तृत छलफल गर्ने बताएका छन्।

हालसम्म युक्रेनले यस वार्ताको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np