Global Force Media

२०८३ बैशाख ५ - Sat Apr, 2026 -

अमेरिका–चीन व्यापार युद्ध समाधान हुँदै ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरेपछि बढेको अमेरिका–चीन व्यापार युद्ध समाधान हुँदै गएको छ । चीनका उपप्रधानमन्त्री र दुई उपमन्त्रीहरू तथा अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र राजदूत जेमिसन ग्रिर सहभागी वार्ताबाट अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये १ सय १५ प्रतिशत घटाउने भएका छन् । अहिले अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १ सय ४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १ सय २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

अब अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिने सहमति गरेका अमेरिकाका वित्त सचिव स्कट बेसेन्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो सम्झौता ९० दिनका लागि रहने छ । त्यसबीचमा थप वार्ता र सहमति गर्ने अमेरिकी अर्थमन्त्री बेसेन्टले बताउनुभएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । सम्झौतापछि अमेरिकी अधिकारीहरूले महत्त्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुशी व्यक्त गरेका छन् ।

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np