एयरपोर्टबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सरकारकै संलग्नता – प्रभु साह

काठमाडौं सिंहदरबारस्थित आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहलेआजपाको संसदीय दलको कार्यालयमा आज शुक्रबार पत्रकारसँग कुरा गर्दै एयरपोर्टबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सरकारकै संलग्नतामा भइरहेको र यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन्
नक्कली भुटानी शरणार्थी प्रकरणलाई नै बिर्साउने गरी भिटिज भिसाको नाममा खुलेआम मानव तस्करी भइरहेको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकता देखाउन आग्रह गरे।
कांग्रेस–एमालेकै नेताहरु प्रत्यक्ष संलग्न रहेको भुटानी शरणार्थी काण्ड सबैलाई जानकारी भएको भन्दै उनले दुई तिहाईको शक्तिशाली सरकारले मानव तस्करीको काम गरेको आरोप लगाए। यो सरकारको विकल्प खोज्नुपर्ने भन्दै उनले थपे, ‘भुटानी शरणार्थी घटनालाई विर्साउने गरी भईरहेको एयरपोर्टको मानव तस्करीमा कांग्रेस र एमालेकै नेताहरुको संलग्नता देखियो।’