Global Force Media

२०८३ जेष्ठ १२ - Tue May, 2026 -

नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ यो आरोप होइन,यथार्थ हो ।-जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसर पारेर  मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले  नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए

शर्माले भने–प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।

शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजिपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिस्ट पार्टीले राज्य पुनसंरचनाको एजेण्डा छाडेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np