Global Force Media

२०८३ जेष्ठ २० - Wed Jun, 2026 -

पार्टीका सबै नेताका छोराछोरी अब विदेश पढ्न जान नपाउने निर्णय गर्ने – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेताका छोराछोरी अब विदेश पढ्न जान नपाउने निर्णय गर्ने तयारी भइरहेको बताएका छन्।

अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै आफ्नो छोराछोरी पनि विदेश पढ्न नगएको बताए।

प्रचण्डले भने, ‘अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौं।’

उनले वश्वविद्यालयमा राजनीतिक भागबन्डा रोकेर मेरिटोक्रेसी आफूले स्थापित गरेको भएपनि कांग्रेस एमालेले अहिले भर्तीकेन्द्र बनाइएको पनि आरोप लगाए।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np