Global Force Media

२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

राजनीतिक दलभित्र विकृति र विसंगति फस्टाए, सदन पनि निरीह थालोजस्तो देखिए-विद्यादेवी भण्डारी

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आरोप लाग्नेबित्तिकै जनप्रतिनिधि निलम्बनमा पर्ने व्यवस्थालाई राम्रो भन्न नसकिने बताएकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले आरोप लगायो भन्दैमा निलम्बन गरिहाल्ने व्यवस्थालाई लोकतान्त्रिक हुन नसक्ने बताएकी हुन् । उनले आरोप पुष्टि नहुन्जेलसम्म निलम्बन गर्न नहुने बताईन् ।

‘कुनै व्यक्तिलाई आरोप लागेको छ, पुष्टि भएको छैन । तर, ऊ निलम्बित भइहाल्छ । यही हो न्याय ? निर्वाचित भएर आएका छन् जनप्रतिनिधिहरु । कसैले आरोप लगायो भन्दैमा एकैचोटी निलम्बनमा परिहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? कुनै पनि आरोप पुष्टि नहुन्जेल निलम्बनमा पार्नु राम्रो होइन भनेजस्तो लाग्छ । अहिले पनि संसद्मा केही ठूलै दलका नेताहरु निलम्बनको यात्रा भोगिराखेका छन् । आरोप त विभिन्न हुनसक्छ । तर, प्रमाणित नभएसम्म ऊ दोषी हुनसक्दैन,’– उनले भनिन् ।

साथै, ठूला राजनीतिक दलहरुले संविधानमाथि प्रश्न उठाए पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ र के गर्यो भने समस्या समाधान हुन्छ भन्ने कुरा भन्न नसकेको बताईन् । उनले भनिन्, ‘ठूला दलहरु आफैंले अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तरपनि संविधानमा के अभाव रहेको, के आवश्यकता छ ? के गर्यो भने देशको समस्या समाधान हुन्छ भन्ने कुरा छलफल हुन सकिराखेको छैन,’– उनले भनिन् ।

साथै, उनले अहिले पूर्ण लोकतन्त्रको युगमा प्रवेश गरिसक्दा पनि जनताका कतिपय इच्छा, आकांक्षाहरु पूरा हुन बाँकी रहेको बताईन् । उनले राजनीतिक दलभित्र विकृति र विसंगति फस्टाएको, दलहरु संस्थागत हिसाबले प्रणालीमा चल्न नसकेको, राज्यका संयन्त्रहरु प्रणालीमा चल्न नसकेको र सदन पनि निरीह थालोजस्तो देखिएको बताईन् ।

‘वास्तवमा भन्ने हो भने पूर्ण लोकतन्त्रको युगमा हामी प्रवेश गरेका छौं । र पनि जनताका कतिपय इच्छा, आकांक्षाहरु अहिले पनि पूरा हुन सकिराखेको छैन । केही समस्याहरु छन् । केही चुनौतिहरु छन् । राजनीतिक दलहरुभित्र फस्टाएको विकृति, विसंगतिहरु छ । त्यसलाई समाधान गर्न पार्टीहरुले सकिराखेका छैनन् । पार्टीहरुले देशमा सुशासन प्रवर्धन गर्नुपर्ने हो । राजनीतिक दललले संस्थागत हिसाबले प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकिरहेको छैन । राज्यको संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकिरहेको स्थिति छैन । अहिले संसदीय अभ्यासको कुरा गर्दाखेरी संसद्नै एउटा निरीह थलोजस्तो भएर बसिराखेको छ,’– उनले भनिन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np