Global Force Media

२०८१ मंसिर २७ - Thu Dec, 2024 -

आन्दोलनरत कानून व्यवसायी र नेपाल बारविच माग सम्बोन गर्ने सहमती पछि आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल बार एसोसिएसनले २०८१ वैशाख ९ गतेको विज्ञप्तिको विषयलाई कार्यसमितिको एजेन्डा बनाउने भएपछि कानून व्यवसायीले गर्दै आएको अन्दोलन स्थगित गरेका छन् ।

बारले सो दिन नागरिकतामा कीर्ते गरेको मुद्दामा पक्राउन परेको व्यक्तिको विष्यामा बारका महासविचको हस्ताक्षरबाट विज्ञप्ति निकालेको थियो । उक्त विज्ञप्ति अदालतको आदेशले पक्राउ पुर्जी जारी भएको विरुद्ध भन्दै कानून व्यवसायीले विरोध गर्दै आएका थिए ।

नेपाल बारको विज्ञप्ति बार एसोसिएसनकै विधान, स्थापित मूल्य मान्यता र सिद्धान्तविपरित भएको भन्दै यसलाई अवबिलम्ब फिर्ता लिनुपर्ने माग कानून व्यवसायीले गर्दै आएका थिए ।

अधिवक्ता दीपकराज जोशी संयोजक रहेको उक्त समूहले गरेको मागलाई बारले कार्यसमितिको वैठकमार्फत सम्बोधन गर्ने भएपछि आफ्ना आन्दोलनका कार्यक्रम सबै स्थगति गरेको छ ।

अधिवक्ताहरु अनिल आचार्य, विनोदमणि भट्टराई, लबन न्यौपाने, कृष्णबहादुर खनाल र लाकेन्द्रबहादुर ओलीले संयुक्त रुपमा बारलाई ज्ञापनपत्र बुझाउनेदेखि बारको प्रांगणमा ६ बुँदे मागसहितको ब्यानर राखेर आन्दोलन गर्दै आएका थिए । बारले आफ्ना मागलाई सकारात्मक लिने भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np