Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

भूमि विधेयकका विरुद्ध जसपा नेपालले देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्ने

काठमाडौं । भूमि विधेयकका विरुद्धमा जनता समाजवादी पार्टी (जसपा), नेपालले सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गरी ९ भदौदेखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् ।

‘भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयक विरुद्ध देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शनमा सहभागी भइ सहयोग’, वक्तव्यमा भनिएको छ ।

५ भदौमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट अगाडि बढेको विधेयकले जनतालाई भन्दा पनि भू–माफिया, जग्गा दलालको हित हुने र तराई/मधेश मरुभूमिकरण हुने जसपा नेपालले जनाएको छ ।

भूमि सम्बन्धी अध्यादेशमा आएकै व्यवस्था राखेर विधेयक बनाइएको भन्दै जसपा नेपालले विरोध जनाउँदै आएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np